Section 34
उनाउ व्यक्ति प्रतिको दायित्व पूरा गर्नु पर्ने
– साझेदारी बिघटन भएको प्रचार प्रकाश नगरिएको वा त्यस्ता विघटनको थाहा जानकारी फर्मसँग सम्वन्धित उनाउ व्यक्तिलाई नभएमा साझेदारी विघटन भएपनि फर्मको नाममा गरेको काम कारवाईबाट उनाउ व्यक्ति प्रतिको दायित्व सबै साझेदारले पूरा गर्नुपर्छ ।
तर, मरेका वा दामासाहीमा परेका साझेदारको ज्येथाबाट निज मरेका वा दामासाहीमा परेका मिति पछिको काम कारवाई बापत तिर्न पर्ने छैन ।